|

संखुवासभा : संखुवासभामा सोमबार एकै परिवारका ४ सहित ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

संखुवासभामा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज शाक्यको परिवारका ४ जनामा कोरोना संक्रमण देखिएको हो। सोमबार एकै परिवारका ४ सहित ५ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोषण श्रेष्ठले बताए ।

कोरोना पोजेटिभ देखिएपछि अध्यक्ष शाक्यको परिवार सोमबार सिम्रिक एयरको हेलिकप्टरबाट काठमाण्डौ लगिएको हो । कोरोना पोजेटिभको लक्षण देखिएपछि उनीहरु थप उपचारका लागि हेलिकप्टर चार्टर गरि काठमाडौं लगिएको आफन्तले बताएका छन् । 

उनीहरुलाई हेलिकप्टर चार्टर गरेको काठमाण्डौको मेडिसिटी अस्पताल लगिएको परिवार स्रोतले जनाएको छ । दोस्रो चरणको कोरोना संक्रमित गम्भीर प्रकृतिको समस्या भएको भन्दै जिल्ला अस्पताल खाँदबारीले रिफर गरेको जनाएको छ । 

सदरमुकाम खाँदबारी –१ का शाक्यको परिवारमा कोरोनाको लक्षण देखिएपछि खाँदबारी जिल्ला अस्पतालमा एन्टिजेन जाँच गर्दा पोजेटिभ देखिएको थियो । जिल्ला अस्पताल खाँदबारीमा सोमबार ७ जनाको एन्टिजेन चेक गर्दा ५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । 

कोरोना पोजेटिभ लक्षण देखिएका एकै परिवारका ४ जनामध्ये एक जनामा भने स्वास प्रश्वासको समस्या देखिएको जिल्ला अस्पताल खाँदबारीले जनाएको छ । जिल्लामा हालसम्म २५ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

उनीहरु धरान, विराटनगर र काठमाण्डौका विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ । कोरोनाको लक्षण देखिएका उनीहरुलाई हवाई जहाजबाट लान नदिने भएपछि बाध्य भएर लाखौं खर्चेर हेलिकप्टर चार्टर गर्नु परेको आफन्तले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.