|

काठमाडौं : बिहीबारदेखि काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा निषेधाज्ञा आदेश लागू हुने भएपछि आज बिहानैदेखि काठमाडौं छाड्नेहरूको भिड बसपार्कमा देखिएको छ। काठमाडौंका विभिन्न क्षेत्रबाट लामो तथा छोटो दूरीमा जाने यात्रुहरूको बसपार्कमा भिड लागेको हो।

हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले वैशाख महिनाभर काठमाडौं उपत्यकाका ३ वटै जिल्लामा निषेध आदेशको निर्णय गरेको थियो। बिहानैदेखि लामो तथा छोटो दूरीका यात्रुहरूको बसपार्कमा भिड देखिएको ट्राफिक प्रहरीले जनाएको छ। 

ट्राफिक प्रहरीका प्रवक्ता श्याम कृष्ण अधिकारीले अघिल्ला दिनको तुलनामा ठूलो संख्यामा यात्रुहरु बसपार्कमा जम्मा भएको जानकारी दिए।

तस्वीर :  गोरखापत्र

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.