|

सिन्धुपाल्चोक : हेलम्बु गाउँपालिकाको कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै गाँउपालिकाको सबै सेवा स्थगित गरिएको छ। गाँउपालिकाले बुधबारदेखि अनिश्चितकालका लागि सेवा प्रवाह बन्द गरेको जनाएको छ।

संक्रमित कर्मचारीसँग निकट रहेकाहरूको परीक्षण भइरहेको र सेवाग्राहीमा समेत कोरोना फैलन सक्ने भएकाले सेवा बन्द गरिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए।

गाँउपालिकाले बैशाख १३ गते नै निर्णय गरी गाउँपालिकाका सबै विद्यालय पनि अनिश्चित कालका लागि बन्द गरिसकेको छ।

त्यस्तै‚ जुगल गाँउपालिकाले पनि अर्को वैशाख १५ गतेदेखि भौतिक उपस्थितिमा हुने पठनपाठन बन्द गरेको छ। विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको महामारी गाउँपालिकामा समेत फैलन सक्ने भएकाले विद्यालयमा भौतिक उपस्थितमा हुने पठनपाठन बन्द गरिएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले जनाएका छन्।

सिन्धुपाल्चोक जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले भने जिल्लाका सबै विद्यालय वैशाख मसान्तसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.