संक्रमित सदस्यले पनि मतदान गर्न पाउने

|

काठमाडौं : गण्डकी  प्रदेशसभाका तीन जना सांसदमा कोरोना पोजेटिभ देखिएको छ। 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नेकपा एमालेका राजीव पहारी (कास्की), प्रभा कोइराला (कास्की)  तथा कांग्रेस सांसद मनकुमारी गुरुङ (गोरखा), प्रदेशसभा सदस्यलाई कोरोना पोजेटिभ देखिएको हो। त्यस्तै, एकजना मर्यादापालकमा पनि कोरोना पुष्टि भएको छ। कोरोना पोजेटिभ देखिनेमा मर्यादापालक सुष्मा गुरुङ हुन्।

मंगलबार बसेको गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठक सुरु भएको केही बेरमै एमाले सांसद राजीव पहारी बोलेपछि सत्तापक्षका अरू सांसदले उठेर विरोध गरेका थिए। पिसिआर परीक्षणको माग गर्दै उनीहरूले बैठक अवरुद्ध पारे। सत्तापक्षले पिसीआर परीक्षण गरेर मात्रै संसद बस्नुपर्ने माग गरेका थिए।  रोष्टममा पुगेर कोरोना परीक्षणको माग गर्ने उनै पहारीको रिपोर्ट पोजेटिभ आएको हो। 

आज बस्ने बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि आज मतदान हुँदैछ। पोखरास्थित प्रदेशसभा भवनमा दिउँसो १ बजे बस्ने बैठकमा हिजो बोल्न बाँकी सांसदहरुले बोलिसकेपछि मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ। सांसदहरुले बोल्ने क्रम छोट्याएर मतदान गर्ने तयारी भएको सचिवालयकी उप–सचिव सपना अधिकारीले जानकारी दिइन्। 

कोरोना पोजेटिभ देखिएका सांसदलाई पनि स्वाथ्य सुरक्षाका मापदण्ड र सामाजिक दुरी कायम गरी मतदानको व्यवस्था गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.