|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पतालमा भर्ना गरिएको छ। उनलाई सोमबार साँझ  ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।

प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी रोगबाट पीडित उनलाई स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पताल लगिएको प्रचण्डको सचिवालयले जनाएको छ। पुरानै रोगका कारण उनलाई अस्पताल भर्ना गरिएको सचिवालयले जनाएको छ। अस्पतालका अनुसार ज्वरो आएर अस्पताल ल्याइएको थियो। 

उनको स्वास्थ्यमा अहिले सुधार आएको अस्पताल स्रोतले जनाएको छ। यसअघि, सीताको सिंगापुर, अमेरिका र भारतमा  उपचार भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.