|

काठमाडौं : काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भिडभाड आज (बुधबार)पनि देखिएको छ। भोलि (बिहीबार) देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि आफ्नो घर फर्किने मानिसहरू नयाँ बसपार्क पुग्दा भीड बढेको हो। भीड बढेसँगै बसको टिकट नपाएको गुनासो यात्रुहरूले गरेका छन्।

बुधबार पनि गोगबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीड लागेको छ। काठमाडौं उपत्यकामा बिहीबार बिहान देखि जारी गरिएको निषेधाज्ञा लामो समय सम्म रहने आशंकासहित मानिसहरू घर फर्किन लाग्दा नयाँ बसपार्क क्षेत्रमा भीड बढेको हो।

भीड बढेसँगै लामो दूरीका सार्वजनिक यातायातमा टिकट नपाएको गुनासो यात्रुहरूले गरेका छन्। लामो दूरीका सवारी साधन थोरै भएका कारण नयाँ बसपार्कमा टिकट अभाव भएको हो। टिकट पाएकाले पनि महँगो शुल्क तिर्नुपरेको गुनासो गरेका छन्। 

टिकट खरिद गर्नका लागि भीडमा बस्नुपर्दा कोभिड सर्ने हो की भन्ने डर यात्रुहरूमा छ। कतिपय यात्रुहरू मास्कको प्रयोग ठिक ढंगले गरिरहेका देखिदैँनन्। त्यस्तै स्वास्थ्य मापदण्डका कुनै पनि विधिहरू अवलम्बन गरिएको पनि देखिदैन्।

भीड हेर्दा यस्तो लाग्छ की कतै यहिँबाट मानिसहरू संक्रमणमा परेर गाउँगाउँमा पुग्दैछन्। कतिपय यात्रुहरूले निषेधाज्ञा जारी हुनुभन्दा अगाडि दुई दिन मात्रै समय दिंदा भिडभाड बढेको बताएका छन्। कोभिड संक्रमण हुन सक्ने जोखिम हुँदाहुँदै पनि आफूहरू टिकट लिन भीडमा जानुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ।  

नयाँ बसपार्कबाट देशभरका सबै जिल्लाका लागि सार्वजनिक यातायात छुटंने गर्छन्। यहाँबाट दैनिक ८ सय देखि एक हजारको संख्यामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन्। अन्य  समयमा यात्रु नपाएर खाली हिंडन बाध्य सार्वजनिक यातायातहरू मंगलबार र बुधबार भने भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.