|

सिन्धुपाल्चोक : बैशाख मसान्तपछि वार्षिक परीक्षा सकेर विद्यालय गर्ने जिल्ला कोभिड १९ विपद् व्यवस्थापन समितिको निर्णय दुई दिनमै उल्टिएको छ। जिल्लामा कोरोना दिनप्रतिदिन फैलिँदै गएपछि बुधबार बसेको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। 

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल लगायतलाई कोरोना संक्रमण भएपछि विद्यालय खोल्ने निर्णय उल्टाइएको हो। आज बसेको बैठकले बिहीबारदेखि गर्ने भनिएको सबै तहको परीक्षासमेत स्थगित गरेको छ। 

परीक्षा अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको हो। बैठकले विद्यार्थीको भौतिक उपस्थितिमा हुने पठनपाठन बन्द गरी भर्चुअल माध्यमबाट पठनपाठन गराउने  र यसअघि तोकिएका सबै तहका परीक्षा स्थगित गर्नको लागि स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिने निर्णय गरेको हो। 

यसअघि सभामुख अग्निप्रसाद सापकोटासहित बसेको बैठकले वैशाख महिनाभरमा सबै तहको परीक्षा सम्पन्न गरि जेठबाट विद्यालय विदा गर्ने निर्णय गरेको थियो। त्यसै निर्णय अनुसार सिन्धुपाल्चोक प्रधानाध्यापक समाजले शनिबारसमेत परीक्षा गर्नेगरी भोली वैशाख १६ गतेबाट परीक्षा लिने गरि तालिकासमेत सार्वजनिक गरिसकेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.