|

काठमाडौं : पार्टी निर्णय विपरित लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका जनता समाजवादी पार्टी (जसपा) का चार जना सांसदको पद गुमेको छ। लुम्बिनी प्रदेश सभा सचिवालयले बिहीबार सूचना टाँस गरी चार जना सांसद पदमुक्त भएको जानकारी दिएको छ।

पार्टी संसदीय दलले पार्टीको निर्णय विपरीत मन्त्री भएको भन्दै सन्तोष पाण्डे, विजयकुमार यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीलाई सांसद पदबाट मुक्त गर्ने निर्णयसहितको पत्र संसद सचिवालयलाई पठाएको थियो।

‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा ९२० तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १९१ बमोजिम हाल प्रदेश सभा बैठक चालु नरहेकोले सचिवालयको सूचना पाटीमा आदेशानुसार टाँस गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ’, प्रदेश सचिव दुर्लभ कुमार पुन मगरद्वारा जारी सूचनामा भनिएको छ।

यसअघि उनीहरूलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो। त्यसको जवाफ नदिएपछि संसदमा सदस्य नभएको पत्र जसपा संसदीय दलले सचिवालयमा दर्ता गराएको थियो। मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकाहरु नै केही घण्टामै मन्त्री बन्न गएपछि जसपा, लुम्बिनीमा विवाद रहँदै आएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.