|

बैतडी : नयाँ भेरिएन्टसहितको दोस्रो चरणको कोरोना भाइरस संक्रमण फैलिएसँगै बैतडीका स्थानीय तहहरुले बार अनुसारका सेवा दिन थालेका हुन्। दोगडाकेदार गाउँपालिका  र मेलौली नगरपालिकाले बार अनुुसारको सेवा दिने भएका हुन्।

दोगडाकेदारले आजदेखि र मेलौलीले वैशाख १९ देखि बार अनुसारको सेवा दिने भएको हो। कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि बार अनुसार वडाका नागरिकलाई सेवा दिने निर्णय गरेको दुवैै स्थानीय तहले जनाएका छन्।

दोगडाकेदारले वडा नम्बर १ लाई आइतबार, वडा नम्बर २ र ८ लाई सोमबार, वडा नम्बर ३ र ७ लाई मंगलबार, वडा नम्बर ४ लाई बुधबार, वडा नम्बर ५ लाई बिहीबार र वडा नम्बर ६ लाई शुक्रबार सेवा दिने जनाएको छ। यो निर्णय वैशाख मसान्तसम्म लागु हुने र सो अवधिमा कार्यालयले बिहान १० देखि दिउँसो २ बजेसम्म मात्रै सेवा प्रवाह गर्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्रबहादुर धामीले जानकारी दिए।

यस्तै, मेलौली नगरपालिकाले वैशाख १९ देखि लागु हुने गरी वडाका नागरिकलाई सेवा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले बताए। जसअनुसार आइतबार वडा नम्बर १, सोमबार वडा नम्बर २ र ३, मंगलबार वडा नम्बर ७ र बुधबार वडा नम्बर ४ र ५ का नागरिकलाई सेवा दिने जनाइएको छ। यस्तै, बिहीबार वडा नम्बर ६ र ९ तथा शुक्रबार वडा नम्बर ८ का नागरिकलाई सेवा दिने नगरपालिकाले जनाएको छ।

दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि बैतडीमा हालसम्म १५० जनामा संक्रमण पुष्टि भइसकेको छ। एकजना संक्रमतिको मृत्यु भएको भइसकेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.