|

पाल्पा : पाल्पामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ। शुक्रबार (आज) एकैदिन ३९ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ। कुल ७८ जनाको परीक्षण भएकोमा ३९ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए। यसअघिको तुलनामा आज संक्रमितको संख्यामा वृद्धि भएको हो।

जिल्लाको सदरमुकाम तानसेनमा सबैभन्दा धेरै १४ जना संक्रमित थपिएका छन्। यस्तै, रामपुर नगरपालिकामा ३, पूर्वखोला गाउँपालिकामा ६, माथागढीमा २, बगनासकालीमा ३, तिनाउमा २, रिब्दीकोटमा ५, रैनादेवी छहरा गाउँपालिकामा ४ जना कोरोना संक्रमित थपिएका उनले बताए।

संक्रमितमध्ये धेरै समुदायस्तरका रहेका पन्थीले बताए। केही भारतबाट फर्किएका छन्। यससँगै पाल्पामा कोरोना संक्रमितको संख्या २ हजार ३५९ पुगेको छ। जसमध्ये ३५० सक्रिय संक्रमित रहेका छन्। यीमध्ये २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। ३२७ जना होम आइसोलेसनमा बसेका छन्। जिल्लामा हालसम्‍म ४० जनाको मृत्यु भएको छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.