|

जनकपुरधाम : सर्लाहीको एक पेट्रोल पम्पमा गोली फायर गरी आज साँझ लाखौं लुटपाट भएको छ। सर्लाहीको पर्सा गाउपालिका–२ संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर (पेट्रोल पम्प) मा शुक्रबार साँझ डाँकाहरुले गोली फायर गरेर लुटपाट गरेका हुन्। 

पर्सा गाउपालिका–३ का अध्यक्ष भिखारी साहले संचालन गरेको सो पेट्रोल पम्पमा हातहतियारसहित आएका डाँकाका समूहले हवाई फायर गर्दै लाखौं लुटेर फरार भएका हुन्। संचालकको अनुसार लुटेराहरूले १० लाख रकम लगेका छन्। 

सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले भने लुटेराहरुले चार लाख रुपैयाँ लुटेर भागेका जानकारी दिए। घटनास्थलबाट गोलीको खोकासमेत बरामद भएको उनले बताए। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.