शनिबार बिहान मात्रै थपिए २२ जना संक्रमित

|

काभ्रे : जिल्लामा कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ। शनिबार सिन्धुपाल्चोक स्थायी घर भई काभ्रेस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमित ३३ वर्षीय पुरुषको  मृत्यु भएको हो।

उनलाई श्‍वासप्रश्वासमा समस्या भएर शुक्रबार  अस्पताल भर्ना गरिएको थियो। सोही दिन नै कोरोना पोजेटिभ भएका उनको शनिबार बिहान मृत्यु भएको धुलिखेल अस्पतालले जनाएको छ। मृतकको ३/४ वर्ष पहिला मुटुको अप्रेशन गरिएको थियो।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार दोस्रो लहरको कोरोना भाइरस संक्रमणबाट मृतकको संख्या जिल्लाभित्र २ र अन्य जिल्लामा १ गरी ३  पुगेको छ। योसँगै हालसम्म जिल्लामा कोरोनाबाट मृत्यु  हुनेको संख्या ६६ पुगेको छ। जसमा काभ्रे जिल्लाका मात्रै ४७ जना रहेका छन्।

त्यस्तै, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं वरिष्ठ स्वास्थ्य प्रशासक डा नरेन्द्रकुमार झाले शनिबार बिहान २२ जना नयाँ थपिएसँगै जिल्लामा दोस्रो लहरको कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या ३ सय ३३ पुगेको बताए। उनका अनुसार हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ५६ पुगेको छ। 

‘स्पाइनल इन्जुरी अस्पताल भैँसेपाटीमा ११ जनाको स्वाब परीक्षण गरिएकोमा ९ संक्रमित भएको र बाँकी  अन्य अस्पतालमा गरिएको परीक्षणमा संक्रमित भेटिएको हो,’ उनले भने, ‘सक्रिय  संक्रमितहरूको होम आइसोलेसन र अस्पताल आइसोलेसनमा उपचार भइरहेको छ।‘

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.