|

सल्यान : सल्यानमा  कुटपिटबाट घाइते एक जनाको मुत्यु भएको छ। जिल्लाको दार्मा गाउँपालिका- ३ धुलखर्कका ६२ वर्षीय नर बहादुर रोकाहको  शुक्रबार राति नेपालगञ्जमा उपचारको क्रममा मुत्यु भएको हो। 

साेही ठाउँका सम्धि नाता पर्ने धन बहादुर खत्री र उनका छोरा रमेश खत्रीले  गत वैशाख १३ गते घरमा आएका रोकाहलाई कुटपिट गरी घाइते बनाएका थिए।

धन बहादुरको दुई वटा श्रीमती रहेको र कान्छी श्रीमतीको घर गएका रोकाहलाई बाबुछोरा मिलेर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए।

कुटपिट गरी हत्या आरोप लागेका बाबुछोरालाई इलाका प्रहरी कार्यालय थारमारेले नियन्त्रणमा लिई अनुसन्धान थालेकाे उनले बताए। कुटपिटकाे कारण भने नखुलेकाे प्रहरीले जनाएकाे छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.