|

सल्यान : कोरोना भाइरसबाट सल्यानमा थप एक जनाको मृत्यु भएको छ। रोल्पा गंगादेव गाउँपालिका ३ निवासी ४८ वर्षीया एक महिलाको सल्यान जिल्ला अस्पतालमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको हो।

विगत ३-४ दिनदेखि थाइराइडको समस्याका कारण बागचौर नगरपालिका स्थित एक पोलिक्लिनिकमा उपचार सम्भव नभएपछि शनिबार मात्रै रिफर गरी सल्यान अस्पताल ल्याइएको थियो। एन्टिजिन टेष्ट गर्दा कोरोना देखिएपछि अक्सिजनमा राखी उपचार गरिएको थियो। उपचारकै अवस्थामा शनिबार दिउँसो मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ।

यससँगै सल्यानमा भेरियन्टसहितको कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.