|

काठमाडौं : कोरोना संक्रमितको अस्पतालमा राखेर उपचार गर्न नसकिने अवस्था आएको सरकारको भनाईप्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कोभिडको महामारीमा नेपाल सरकार, स्वास्थ्य मंत्रालयका आफ्नो दायित्वबाट पन्छिन नमिल्ने भन्दै संघले सरकारी अभिव्यक्तीप्रति आपत्ति जनाएको हो। ‘जनताको स्वास्थ्यको जिम्मेवारी नेपाल सरकारको नै भएको हुँदा को ठहर छ’, संघका अध्यक्ष लोचन कार्की र महासचिव बद्री रिजालले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘महामारीको संक्रमण बढदै गइरहेको सुरुकै अवस्थामा श्रोत साधनहरुको राम्रो व्यवस्थापन गरी महामारीसँग जुध्न सीमित संख्यामा रहेका अग्रपंक्तिका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कोभिड बिरुद्धको खोप समयमा नै दिई सुरक्षित बनाई तदारुकताका साथ अगाडि बढनु आजको आवश्यकता हो।’

संघले संक्रमितहरुको उपचारको क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु स्वयम् नै संक्रमित हुँदै गइरहेको भन्दै उनीहरुको उद्धार, उपचार र व्यवस्थापन गरी महामारीको अन्त्य सम्म उपचार दिन सक्ने वातावरण तथा जनशक्तिको उचित ब्यवस्थापन गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

संघले यस महामारीको रोकथाम तथा उपचारका लागि विगतमा झैँ आवश्यक सहयोग र सहकार्य गर्न आफूहरु तयार रहेको पनि स्पष्ट पारेको छ। मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरी कोरोना संक्रमणका बिरामीलाई बेडमा राखेर उपचार गर्न नसकिने जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.