|

काठमाडौं : धनगढी एफसी नेपाल सुपर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ।  शनिबार भएको पहिलो खेलमा धनगढीले एफसी चितवनलाई ३–०ले पराजित गरेको हो।

दशरथ रंगशालामा भएको यी दुईबीचको खेलमा पहिलो हाफसम्म कुनै गोल हुन नसकेपनि त्यसपछि भने धनगढीले ३ गोल गरेको हो । निसान लिम्बुले खेलको ६२ औँ मिनेटमा गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । 

त्यसपछि ६८ औँ मिनेटमा ओलावाले ओलादिप अफिज तथा ७९ औँ मिनेटमा वुद्धबल तामाङले १/१ गोल गरे । जितसँगै अङ्कतालिकाको शिर्ष स्थानमा उक्लिएको धनगढीले ४ खेलबाट ७ अंक जोडेको छ ।

धनगढीले ४ खेलमा सात अंक जोडेको छ पराजित चितवन २ अंकका साथ तालिकाको पुच्छारमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.