|

दाङ : तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारमा पार्किङ गरी राखिएको भारतीय कारभित्र तीन जना बच्चाको शव भेटिएको घटनाको अनुसन्धानका लागि नेपालगंजबाट कुकुरसहितको टोली आउने भएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्द्रले घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको टोली आउन लागेको जानकारी दिए। गाडीभित्र ३ वटा शवहरु देखिन्छ,’ उनले भने,‘हाम्रो एक्स्पष्ट टोली आउन लागेको छ।

अहिले सम्म हामीले कार खोलेका छैनौं। उक्त टोली आएपछि प्रमाणहरु संकलन गर्न सजिलो होला भनेर हो। नेपालगंजबाट कुकुरसहितको टोली आउन लागेको छ।’ प्रहरीका अनुसार मृत्यु भएका बच्चाहरुमध्ये एकजना ९–१० वर्षको जस्तो छ भने अन्य दुईजना ७–८ वर्षको जस्तो देखिन्छ। उनीहरुको पहिचान हुन सकेको छैन्।

पार्किङ गरि राखेको भारतीय नम्बर प्लेटको आर जे ०१ सीसी ०८८५ नम्बरको कारमा बच्चा मृत फेला परेका हुन्। गाडीभित्र बच्चाहरुको शव शनिबार साँझ फेला परेको हो। उक्त गाडी स्याउली बजारमा गत माघ महिना अगाडिदेखि पार्किङमा रहेको भन्ने कुरा अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। 

 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.