|

काठमाडौं : भारतमा एकैदिन ३ लाख ९२ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। ३६ सय भन्दा धेरै संक्रमितले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घन्टामा त्यहाँ ३ लाख ९२ हजार ५ सय ६२ संक्रमित थपिँदा कुल संक्रमितको संख्या १ करोड ९५ लाख ४९ हजार ६ सय ५६  पुगेको छ। यस्तै ३६ सय ८८ संक्रमितको मृत्यु हुँदा त्यहाँ कोरोनाको कारण हालसम्म ज्यान गुमाउनेको संख्या २ लाख १५ हजार ५ सय २३ पुगेको ओल्डोमिटरले जनाएको छ। 

पछिल्लो २४ घन्टामा ब्राजिलमा ६० हजार १३ संक्रमित थपिँदा २ हजार २ सय ७८ ले ज्यान गुमाएका छन्। अमेरिकामा ४१ हजार ४ सय ८९,फ्रान्समा २५ हजार ६ सय ७०, टर्कीमा २८ हजार ८ सय १७ , रुसमा ९ हजार २ सय ७० र इटलीमा १२ हजार ९ सय ६५ संक्रमित थपिएका छन्। 

यस्तै अमेरिकामा ६ सय ५७, फ्रान्समा १ सय ९२, टर्कीमा ३ सय ७३, रुसमा ३ सय ९२ र इटलीमा २ सय २६ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाको कारण विश्वभर मृत्यु हुनेको संख्या ३२ लाख ५ हजार ६ सय ८७ पुगेको ओल्डोमिटरले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.