|

सिन्धुली :  कोरोना भाइरसको दोस्रो लहरको संक्रमण आएपछि सिन्धुलीमा एक महिलाको मृत्यु भएको छ। 

तीनपाटन गाउँपालिका–२ की ८५ वर्षीया वृद्धाको तीनपाटन गाउँपालिकाको बेलगारी प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको स्वास्थ्य कार्यालय सिन्धुलीमन प्रमुख जितेन्द्र शाहले जानकारी दिए। सिन्धुलीमा कोरोनाको पहिलो लहरमा संक्रमणबाट चारजनाको मृत्यु भएको थियो।

दोस्रो लहरको संक्रमण सुरु भएपछि सिन्धुलीमा संक्रमित हुनेको दर दैनिक बढ्दै गएको छ। पछिल्लो समय दिनमा १५ जनाभन्दा बढीमा संक्रमण देखिन थालेको प्रमुख शाहले बताए। दोस्रो लहर सुरु भएपछि शनिवार साँझसम्म ९५ जनामा संक्रमण पुष्टि भइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.