|

कालिकोट : नेकपा (एमाले) कालिकोटले पार्टीविपरीत गतिविधि गरेको भन्दै गाउँपालिका अध्यक्षसहित चार जनालाई स्पष्टीकरण सोधेको छ। 

नेकपा एमाले कालिकोट जिल्ला अध्यक्ष नगेन्द्र शाही (नेशनलले) शुभकालिका गाउँपालिका अध्यक्ष खडान्द चौलगाइँ, सोही गाउँपालिका उपाध्यक्ष पम्फा कुमारी शाही, खाँडाचक्र नगरपाकिला उपप्रमुख विजया विष्ट र कर्णाल प्रदेश सरकारका मुख्यमन्त्रीका सचिवालयमा कार्यरत तथा नेकपा एमालेका नेता रवीन्द्र बहादुर शाहीलाई स्पष्टीकरण पेस गर्न पार्टीको लेटरप्याडमा पाँच वटा बुँदामा भनिएको छ। 

शुभकालिका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, खाँडाचक्र नगरपालिका उपप्रमुख विजया विष्ट नेकपा एमाले सूर्य चिह्नबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए। यसभन्दा अघि नेकपा एमालेले दैलेख जिल्लाका जनप्रतिनिधिलाई समेत स्पष्टीकरण मागेको थियो।

यता नेकपा एमालेका जिल्ला कमिटीका पार्टी उपाध्यक्ष रमेशकुमार शाहले कालिकोट जिल्लामा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष रमेश कुमार शाहीले एमालेका चार जना नेतालाई स्पष्टीकरण सोधिएको भन्ने भ्रम भएको बताए। उपाध्यक्ष शाहीले फेसबुकमार्फत यसरी लेखेका छन्।

पार्टी को सचिवालय बैठकको निर्णय बाट स्पष्टीकरण सोधिएको भन्ने कुरा भ्रम मात्र हो नेकपा एमाले जिल्ला कमिटी कालिकोट को सचिवालय बैठक नै बसेको छैन। कसैले मनोगत ढंगले स्पष्टीकरण सोध्नु ब्यक्तिगत कुन्ठा मात्र हुनजान्छ चेतना भया।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.