बझाङ : कोरोनाको संक्रमण दर बढ्दै गएपछि सल्यानमा एक साता निषेधाज्ञा लागु गरिएको छ। शनिबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र (सिसिसिएमसी)को बैठकले एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद सुवेदीले जानकारी दिए।
आइतबार राति १ बजेदेखि २६ गते राति १२ बजेसम्म पूर्ण रुपमा जिल्लाभर निषेधाज्ञा गरिएको छ। उक्त अवधिमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु पाइने पसल बिहान ७ देखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि साँझ ७ बजेसम्म खोल्न दिने जनाइएको छ।
यस्तै, बैंक तथा वित्तीय संस्था हरेक दिन बिहान ७ देखि १० बजेसम्म खोल्न पाउने प्रशासनले जनाएको छ। यसैगरी मालबाहक ट्रक, एम्बलेन्स, दमकलजस्ता अत्यावश्यक सवारीबाहेक अन्य सवारी साधन चलाउन नपाइने डिसिसिएमसीले निर्णय गरेको छ। विकास निर्माणका कार्यहरू स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गर्न दिने र समान ढुवानीका लागि र अत्यावश्यक कामका लागि सवारी पास अनिवार्य गरिएको छ।
बझाङमा हालसम्म १८९ जना कोरोना संक्रमित छन्। तीन जना संक्रमितको मृत्यु भइसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।