देशभर ७ सय २० जना आइसियु र भेन्टिलेटरमा, उपत्यकाका मात्रै २२७ जना

|

काठमाडौं : आज (सोमबार) उपत्यकामा ३ हजार ६ सय ६६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यो अवधिमा काठमाडौंमा मात्र २ हजार ९ सय २२ जना, ललितपुरमा ५ सय २२ र भक्तपुर २ सय २२ थपिएका छन्। 

पछिल्लो २४ घन्टामा देशभर ७ हजार ४ सय ४८ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने ३७ जना कोरोना संक्रमितको ज्यान गएको छ। २ हजार २१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन्।

देशभर ७ सय २० जना आइसियु र भेन्टिलेटरमा, उपत्यकाका मात्रै २२७ जना

कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाका अस्पतालमा २ सय २७ जना संक्रमित आइसियु र भेन्टिलेटरमा छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार आजसम्म उपत्यकामा  १ सय ७१ जना आइसियुमा, ५६ जना भेन्टिलेटरमा र १ हजार १ सय ८१ जना आइसोलेसनमा छन।

जसमा सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १८ जना आइसियुमा, ८ जना भेन्टिलेटरमा १ सय ६७ जना आइसोलेसनमा छन्। वीरेन्द्र अस्पताल छाउनीमा ५ जना आइसियु र ७१ जना आइसोलेसनमा छन्। वीर अस्पतालमा ६ जना आइसियु, २ भेन्टिलेटर र ९९ जना आइसोलेसनमा छन्। त्यस्तै नेपाल प्रहरी अस्पतालमा ९ जना आइसियु र १ सय २९ जना आइसोलेसनमा छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ९ जना आइसियुमा, ११ जना भेन्टिलेटरमा र ६६ जना आइसोलेसनमा छन्। त्रिवि शिक्षण अस्पतालमा ३५ जना आइसियुमा छन्, त्यस्तै ७ जना भेन्टिलेटर र १५३ जना आइसोलेसनमा छन्।

पाटन अस्पतालमा १२ जना आइसियुमा छन् भने ९ भेन्टिलेटर र १०१ जना आइसोलेसनमा छन्। 

यस्तै निजामती कर्मचारी अस्पतालमा १४ जना आइसियुमा छन् भने ३३ जना आइसोलेसनमा छन्। भक्तपुर अस्पतालमा ६ जना आइसियु, १ जना भेन्टिलेटरमा छन् भने ४८ जना आइसोलेसनमा छन्।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा १४१ जना आइसोलेसनमा बसेका छन्। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १० जना आइसियु र ६ जना भेन्टिलेटरमा हुँदा ४४ जना संक्रमित आइसोलेसनमा छन्।

ह्याम्स अस्पतालमा १८ जना आइसियुमा छन्। ५ जना भेन्टिलेटरमा र ८६ जना आइसोलेसनमा छन्।

नेपाल मेडिसिटी अस्पतालमा ३६ जना आइसियुमा हुँदा ७ जना भेन्टिलेटरमा र ४३ जना आइसोलेसनमा बसेका छन्। स्टार अस्पतालमा ५ आइसियु, १ भेन्टिलेटर र २१ जना आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ।

देशभर हाल सात सय २० जना संक्रमित आइसियु र भेन्टिलेटरमा छन्। जसमा ५ सय ७८ आइसियुमा र १ सय ४२ जना भेन्टिलेटरमा छन्। यसअघि आइतबार ५ सय ११ जना संक्रमित आइसियु र भेन्टिलेटरमा थिए।

प्रदेश १ मा ८९ आइसियु र १६ भेन्टिलेटरमा, प्रदेश २ मा २४ आइसियु र २ भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ३२० आइसियु र ८८ जना भेन्टिलेटरमा छन्।  

गण्डकी प्रदेशमा ५ जना आइसियुमा र १ जना भेन्टिलेटरमा छन्। लुम्बिनी प्रदेशमा ७८ जना आइसियुमा र १८ जना भेन्टिलेटरमा छन्। त्यसैगरी कर्णालीमा ३२ जना आइसियुमा र ७ जना भेन्टिलेटरमा रहँदा सुदूरपश्चिम प्रदेशमा भने १० जना आइसियु र ४० जना भेन्टिलेटरमा रहेका मन्त्रालय बताउँछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.