|


काठमाडौं : सशस्त्र प्रहरीको टोलीले श्रोत नखुलेको साढे एघार लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। मोरङ, विराटनगर महानगरपालिका–१६ दरैयास्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले ११ लाख ५० हजार नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा विराटनगर–१६ दरैयाका २३ वर्षीय अमोद यादव र भारतमा घर बताउने १८ वर्षीय अभिषेक चौधरी छन्। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानी र सशस्त्र दरैयाबाट खटिएको टोलीले उनीहरुलाई भारतबाट नेपालतर्फ लुकिछिपी आउँदै गरेको अवस्थामा शंका लागि जाँच गर्दा उक्त रुपैयाँसहित पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिए।

यादवको साथमा पाँच लाख रुपैयाँ र चौधरीको साथमा ६ लाख ५० हजार रुपैयाँ फेला परेको शर्माले जानकारी दिए। बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय रानीमा बुझाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.