काठमाडौं : नेपाल शिक्षक महासंघले सरकारसँग यसअघि भएको ३० बुँदे सम्झौता कार्यान्वयनको मागगर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको ध्यानाकर्षण गराएको छ।
सोमबार मन्त्री कृष्णगोपाल श्रेष्ठलाई भेटेर महासंघले ३४ बुँदे मागपत्र पनि बुझाएको छ। यसअघिका सहमति कार्यान्वयन गर्न, बालविकासका शिक्षकको तलब बढाउन, स्थायी, राहत, अस्थायी, करार, प्राविधिकलगायतका शिक्षकको न्यायोचित माग पूरा गर्न महासंघले ध्यानाकर्षण गराएको हो।
यस्तै महासंघले शिक्षक–कर्मचारीलाई कोभिडविरुद्धको खोप लगाउन, कोभिड संक्रमित शिक्षक–कर्मचारीका लागि बिमा र निःशुल्क उपचारको व्यवस्था गर्न, संस्थागत विद्यालयमा भएको शिक्षक–कर्मचारी निष्कासन रोक्नुपर्ने माग गरेको छ।
यस्तो छ मागपत्र
तपाईंको ईमेल गोप्य राखिनेछ ।