|

काठमाडाैं : कोभिड संक्रमितको उपचारमा अत्यन्तै प्रभावकारी मानिएको रेमडिसिभर औषधिको कृत्रिम अभाव सिर्जना भएको प्रति औषधि व्यवस्था विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

मानवीय संवेदनशीलतासमेत ख्याल नगरी रेमडिसिभरलगायत औषधि अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री भइरहेको भन्दै विभागले तोकिएको मूल्यभन्दा बढीमा किनबेच भएको पाइए कानुनअनुसार कारबाही गर्ने बताएको छ।

साथै यसबारे कुनै जनगुनासो भए विभागले सम्पर्क राख्न पनि आग्रह गरेको छ।  

यो औषधि भारतमा करिब ३ हजारमा पाइने भए पनि उतै ८ देखि १० हजार भारतीय रुपैयाँमै कालोबजारी हुन थालेको पाइएको छ। यहाँ पनि २० हजार रुपैयाँसम्म खरिद-बिक्री हुने गरेको थियो। सिकिस्त निमोनिया भएका संक्रमित एक जनाले ६ वटासम्म यो सुइ(रेमडिसिभर) लगाउनुपर्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.