|

सल्यान : सल्यानमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। बागचौर नगरपालिका–६ का ७० वर्षीय पुरुषको मंगलबार बिहान ६ः५८ बजे मृत्यु भएको जिल्ला अस्पतालका मेडिकल अधिकृत भिमकान्त जैसीले जानकारी दिए। 

ती पुरुष सोमबार साँझ जिल्ला अस्पताल सल्यानमा भर्ना भएका थिए। ती व्यक्तिलाई अक्सिजनको मात्रा कम भएकाले थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरे पनि अक्सिजनसहितको एम्बुलेन्स अभाव र परिवारले लान नमाने पछि अस्पतालमै उपचार भइरहेको थियो। अक्सिजन दिएर उपचार गरे पनि उनको मृत्यु भएको डा. जैसीको भनाइ छ।

यससँगै सल्यानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.