|

काठमाडौं : भारतसँग सीमा जोडिएको सर्लाहीको बलरा नगरपालिकामा उच्च ज्वरोका कारण चार जनाको मृत्यु भएको छ। ​

नगरपालिका-६ स्थित मिर्जापुरमा ८० र ८५ जनाका दुई वृद्धसहित चार जनाको मृत्यु भएको बलराका मेयर अभयकुमार सिंहले जानकारी दिए।

उनका अनुसार आइतबार एकै दिन तीन जनाको मृत्यु भएको हो। अर्का एक जनालाई भने वीरगन्ज लगिएको र उनको त्यहीँ ज्यान गएको हो। मिर्जापुर र नगरपालिकाको ३ नम्बर वडामा हाल सयौँमा ज्वरो फैलिएको छ। त्यहाँ स्वास्थ्यकर्मीलाई खटाइए पनि स्थानीय डराएर चेकजाँचमा सहभागी हुन नमानेका मेयर सिंहले बताए।

कोरोना चेकजाँच गर्ने र त्यसपछि आइसोलेसनमा पठाउने डरले ज्वरो नै नआएको भन्दै स्थानीयले ढाँट्ने गरेका मेयर सिंह बताउँछन्। अवस्था भयावह बन्दै गए पनि सीमामै रहेको बलराका बासिन्दा किनमेल तथा औषधि उपचारका लागि भारतीय बजार धाइरहेका छन्।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको हुन सक्ने भन्दै यसबारे बुझ्न सोमबार दिउँसो स्वास्थ्य कार्यालयले मंगलवाल‍े स्वास्थ्यकर्मीको टोली बलरातर्फ पठाएको थियो।

‘व्यापक रुपमा स्वास्थ्यकर्मीको टोली खटाइएको छ। हिजो २९ मध्ये १० जनामा कोरोना देखियो।  स्वास्थ्य चौकीमा आज दिउँसो १२ बजेबाट गाडी ल्याइनेछ। सिकिस्त हुनेहरूलाई उद्धार गरिनेछ, आजबाट सबैको परीक्षण हुन्छ,’ मेयर सिंहले थाहाखबरलाई जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.