|

काठमाडौं :   नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएपछि दुई साताका लागि प्रवक्ता पदबाट बिदा लिएका छन्।

मंगलबार सामाजिक संजालमा उनले प्रवक्ताको सक्रिय भूमिकाबाट बिदा लिएको बताएका छन्। शर्मालाई सोमबार संक्रमण पुष्टि भएपछि डेरामै आइसोलेशनमा बसेर उपचार गराइरहेका छन्।

शर्माले आफू चाँडै नै पूर्णस्वस्थ भएर मैदानमा फर्किने उल्लेख गरेका छन्। 'अस्वस्थताका कारण दुई साताकालागि प्रवक्ताको सकृय जिम्मेवारीबाट बिदा लिएको छु। प्रेस, पार्टी र शुभचिन्तकहरुसँग क्षमा चाहन्छु', उनले लेखेका छन्, 'चाँडै नै पूर्णस्वस्थ भएर पूर्णजाँगर साथ मैदानमा फर्किनेछु। विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने सबै मित्रप्रति हृदयले आभारी छु। धन्यवाद।' 

यसैबीच कांग्रेसले कार्यवहाक प्रवक्ताकाे जिम्मेवारी सहमहामन्त्री डा प्रकाशसरण महतलाई दिएकाे छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.