पसल खोल्ने समय घटाइयो,हिँड्डुलमा समेत कडाइ

|

काठमाडौं: राजधानी उपत्यकाभित्र एकसाताका लागि लगाइएको निषेधाज्ञा अर्को एक साताका लागि थप हुने भएको छ। यसअघि बिहान बेलुका नैं खाद्यान्न पसलहरु खोल्न दिइएकोमा अब बिहान एक समय ७ देखि ९ बजे सम्म मात्र दिइने भएको छ।

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठकले बैशाख २९ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। तीनवटै जिल्ला प्रशासनको बैठकले यस्तो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। 

 ‘बिहान ९ बजेसम्ममात्र खाद्य सामग्री​का पसल खोल्न दिने निर्णय गरेका छौ,’उनले भने,‘अत्यावश्यक कामका लागि मात्र बाहिरबाट उपत्यका छिर्न दिइने छ, बैंक तथा वित्तिय संस्थामा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशत कर्मचारी र शाखामा २५ प्रतिशत कर्मचारी राखेर सञ्चालन गर्न पाइने छ,सरकारी सवारीसाधन समेत अनुमति बिना चलाउन नपाइने निर्णय भएको छ।’

उनले सडकमा अत्यावश्यक कामबाहेक हिँड्डुल गर्न  पनि नदिइने बताए। यसअघि बैशाख १६ गते राति १२ बजेदेखि लगाइएको निषेधाज्ञा बुधबार सकिँदै थियो। 

यसबीच कोरोना सङ्क्रमण दर बढेको भएपनि निषेधाज्ञाले थप बढ्न नदिएको आंकलन गर्दै थप एक साता निषेधाज्ञा गरिएको काठमाडौंका जिल्ला प्रशासन कार्यालय स्रोतले थाहाखबरलाई जानकारी दिएको छ।  

निषेधाज्ञामा पहिलेको भन्दा थप कडाइ गर्नु पर्ने महसुस गरिएको बताउदै स्रोतले मानिसलाई अनावश्यक रुपमा हिंड्डुल नगर्न समेत विशेष आग्रह गरिने र आवश्यकता अनुसार सुरक्षाकर्मीले नियन्त्रणमा लिनसक्ने बताइएको छ।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.