|

काठमाडौं :  कोभिड १९ संक्रमित बिरामीहरुको उपचारका लागि प्रयोग गरिने बंगलादेशमा बनेको औषधि  रेमडिसिभिर मंगलबार नेपाल आइपुग्ने भएको छ।

भारतबाट आउने गरेकोमा त्यहाँ खपत बढेर निर्यात प्रतिबन्ध लगाएका कारण रेमडिसिभिर औषधि आपूर्ति नेपालमा पनि असहज भएको थियो। हाल बंगलादेशको हेल्थकेयर, एसिआइ, इन्सेप्टा, बेकोन र व्याक्सिमो फर्मास्युटिकल्सका उत्पादन आपूर्तिका लागि औषधि व्यवस्था विभागले स्वीकृति प्रदान गरेको बताएको छ।

सोही अनुरुप आयात हुन लागेको सो औषधि आज मंगलबार पहिलो खेप र यसै साता दोस्रो खेप आइपुग्ने छ। तत्काल ९ हजार भाइल आपूर्ति गरिने भएपनि एकलाख तीस हजार भाइल ल्याउन अनुमति दिइसकिएको छ। यो औषधि भारतमा करिब ३ हजारमा पाइने भएपनि उतै ८- १० हजारमा कालोबजार हुने आएपछि यहाँ पनि २० हजार सम्ममा खरिद बिक्रि हुने गरेको थियो।

सिकिस्त निमोनिया भएका संक्रमितले ६ वटा सुई लगाउनु पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.