|

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले कोरोना महामारीलाई मध्यजनजर गर्दै राजश्वको विवरण र कर रकम भुक्तानीका लागि समय थप गर्न सरकारसँग अनुरोध गरेको छ।

महासंघले देशका अधिकांश जिल्लामा जारी अनिषेधाज्ञाका कारणले मूल्य अभिवृद्धि कर तथा अन्तशुल्क, आय कर रकम भुक्तानीका लागि समय थप गर्न सरकारसँग अनुरोध गरेको हो।

महासंघले मंगलबार विज्ञप्ति जारी गरी दैनिक उपभोग्य बाहेकका सबै व्यापार व्यवसाय र सवारी आवागमन बन्द भएका र उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरु समेत स्वास्थ्य संवेदनशिलताका कारण आवतजावत गर्न नसक्ने समय भएकाले कर बुझाउने समय थप गर्न माग गरेको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.