|

लमजुङ : कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि मध्यनेपाल नगरपालिकाले अक्सिजनसहित १५ शय्याको आइसोलेसन कक्ष तयार गरेको छ।

वडा नम्बर १ को जितावेशीस्थित अस्थायी कोभिड अस्पतालमा आइसोलेसन कक्ष तयार पारिएको नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले बताए। आइसोलेसनमा एकजना डाक्टर, दुईजना स्टाफ नर्ससहितको स्वास्थ्य टोली रहेको उनले जानकारी दिए।

नगरपालिकाले कोभिड १९ को बिरामीको तत्काल उद्धारका लागि एउटा एम्बुलेन्स पनि तयारी अवस्था राखेको र थप एम्बुलेन्सका लागि प्रदेश सरकारसँग माग गरिएको बताएको छ। नगरपालिकाभित्र संक्रमण फैलन नदिन तथा संक्रमित पहिचानका लागि हरेक सोमबार भोर्लेटार र रम्घामा स्वाब संकलनको व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वैकुष्ठप्रसाद सापकोटाले जानकारी दिए।
 
कोभिड संक्रमण फैलनसक्ने भन्दै नगरपालिकाले विद्यालयहरुमा पठनपाठन समेत बन्द गराएको छ। संक्रमणकालीन अवस्थामा ज्येष्ठ नागरिक तथा दीर्घरोगीलाई घरदैलो सेवासहित निःशुल्क औषधि उपचारको व्यवस्था पनि गरिरहेको नगरपालिकाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.