|

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले अब बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइने बताएका छन्। 

अबको लक्ष्य बालबालिका भएको बताउँदै राष्ट्रपति बाइडेनले अमेरिकामा १२ वर्षदेखि १५ वर्ष उमेर समूहका लागि खोप लगाइने दिइने बताएका हुन्। 

बालबालिकालाई फाइजर–बायोएनटेक भ्याक्सिन प्रयोग गर्ने उनले बताएका छन्। आगामी साताको अन्त्यबाट  बालबालिकामा पनि खोप लगाउन शुरु गरिने उनको भनाइ छ।

पछिल्लो अध्ययन अनुसार अमेरिकाका कुल संक्रमितमा २२ प्रतिशत बालबालिका रहेका छन्।  अमेरिकामा अहिलेसम्म आधा जनसंख्याले कोरोना भ्याक्सिनको पहिलो डोज लिइसकेको सरकारी तथ्यांक छ। 

आगामी ४ जुलाईसम्म ७० प्रतिशत अमेरिकालाई खोप दिइने राष्ट्रपति बाइडेनले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.