|

सल्यान : कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट सल्यानमा थप दुईजनाको मृत्यु भएको छ। 

जिल्ला अस्पताल सल्यानमा उपचाररत बागचौर नगरपालिका–२ चिल्ढालेकी ५२ वर्षीया महिलाको बुधबार बिहान ७ः४० बजे मृत्यु भएको अस्पतालका मेडिकल अधिकृत डा. भीमकान्त जैशीले जानकारी दिए। मंगलबार दिउँसो टाउको दुख्ने, ज्वरो आउने भएपछि अस्पताल ल्याइएकी उनको परीक्षण गर्दा कोरोनना पोजेटिभ देखिएको थियो।

यस्तै, शारदा नगरपालिका–१ श्रीनगरका ७४ वर्षीय पुरुष मंगलबार राति मृत्यु भएको छ। उनी खोकी र श्वास फेर्न गाह्रो भएपछि बैशाख १६ गते राति अस्पताल भर्ना भएका थिए। 

यससँगै सल्यानमा कोरोनाबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ। स्वास्थ्य सेवा कार्यालयका अनुसार हालसम्म सल्यानमा एन्टिजेन परीक्षण गर्दा ३४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.