|

काठमाडौं :  गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३७ पुगेको छ। मंगलबार थप दुई जनाको मृत्यु भएपछि यो संख्या २३७ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जनाकारी दिए।

मंगलबार बेलुका मृत्यु हुनेमा स्याङ्जा जिल्ला गल्याङ नगरपालिका-११ का ५० वर्षीय कोरोना संक्रमित पुरुष छन्। उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा मृत्यु भएको हो। उनलाई १८ गते कोरोना पुष्टि भएको थियो। उनलाई निमोनिया देखिएको थियो।

यस्तै, पर्वत जिल्ला जलजला गाउँपालिका-७ का ८४ वर्षीय कोरोना संक्रमित पुरुषको मंगलबार बेलुका नै मृत्यु भएको हो। २१ गते कोरोना पुष्टि भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.