|

जनकपुरधाम : भारततर्फ अक्सिजन सिलिन्डर तस्करी गरेको आरोपमा प्रहरीले महोत्तरीबाट तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार प्र २–०२–००१ च ०३१७ नम्बरको गाडीमा ७/७ किलोग्राम तौल भएको २ थान भरिएको अक्सिजन सिलिन्डर लैजाँदै गर्दा प्रहरीले जलेश्वर नगरपालिका १२ थरुवाहीबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उप–महानगरपालिका ७ बस्ने ३६ वर्षीय जमरुदिन राईन, वडा नम्बर २ बस्ने ५० वर्षीय दिनेशकुमार शर्मा र महोत्तरीको सोनमा गाउँपालिका ६ बस्ने विपिन चौधरी रहेको महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए।

मंगलवार राति ८ बजेतिर भारततर्फ सिलिन्डर लैजाँदै गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। थप अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ।

यस्तै, जलेश्वर नगरपालिका–३ मलिवारामा भरिएको ३ थान अक्सिजन सिलिन्डर बेवारिस अवस्थामा फेला परेको छ।

प्रहरी प्रवक्ता विष्टका अनुसार नेपालबाट भारततर्फ लैजाने प्रयोजनका लागि राखिएको अक्सिजन सिलिन्डर गस्तीमा रहेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.