|

कोरोना विरुद्धको भ्याक्सिनका लागि मात्रै आउँदो ५ वर्षभित्र १ नील ८८ खर्ब ४० अर्ब नेपाली रुपैयाँ (१ खर्ब ५७ अर्ब अमेरिकी डलर) खर्च हुने भएको छ।​

सन्‌ २०२५ सम्ममा यति परिमाणमा रकम खर्च हुने आंकलन आइक्यूभायाले गरेको हो। आइक्यूभाया स्वास्थ्यसम्बन्धी तथ्यांक राख्ने अमेरिकी कम्पनी हो। 

सन् २०२२ सम्ममा विश्वभरका ७० प्रतिशतले कोरोना विरुद्धको पूर्ण खोप पाइसक्ने दाबी गरेको छ। साथै, हरेक २ वर्षमा यो खोप लगाइरहनुपर्ने हुनाले सो खर्च पनि उल्लेखित रकममा समावेश गरिएको कम्पनीले जनाएको छ। 

यो खर्चमा कोरोना महामारी फैलिएपछि यता लगाइएको खोपको रकम पनि समावेश गरिएको छ। सन् २०२१ मा मात्रै विश्वभर ५४ अर्ब डलर बराबरको खोप खपत हुने आइक्यूभायाले प्रक्षेपण गरेको छ। 

खोपको मूल्य भने हरेक वर्ष घट्दै जाने हुनाले सन् २०२५ सम्ममा १ नील ८८ खर्ब ४० अर्ब रुपैयाँमात्रै खर्च हुने आंकलन गरिएको हो।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले २०७६ चैतमा २६ नील ४० खर्ब रुपैयाँ बराबरको आर्थिक प्याकेज ल्याएका थिए। यो प्याकेजको तुलनामा पाँच वर्षभित्र विश्वभर कोरोना खोपका लागि खर्च हुने रकम निकै न्यून हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.