माधव पक्षले हटाएको अध्यक्षको डमी ओली पक्षले फेरि राख्यो

|

संखुवासभा : संखुवासभामा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली समूह र वरिष्ठ नेता माधव नेपाल समूहबीच पार्टी कार्यालयको विवादमा जुहारी चलिरहेको छ। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको एकता खारेज गरेपछि गत फागुन २५ गते जिल्ला अध्यक्ष हेमराज घिमिरेले राखेको पार्टी कार्यालयको बोर्ड हटाएर ओली समूहले फागुन २६ गते नयाँ बोर्डसहित पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको डमी राखेको थियो।

जिल्ला अध्यक्ष घिमिरेले लगाएको ताला तोडेर ओली पक्षले राखेको अध्यक्ष ओलीको डमी माधव समूहले वैशाख १८ गते हटाएको थियो। मंगलबार खाँदबारीमा पत्रकार सम्मेलनमार्फत अध्यक्ष घिमिरेले प्रेश विज्ञप्ति जारी गर्दै संखुवासभामा एमाले पार्टी कार्यालयमा राखेको डमी हटाएको जिम्मेवारी लिएका छन्।

पत्रकार सम्मेलनमा घिमिरले फागुन २६ मा जिल्ला पार्टी कार्यालयको तोडफोड, तालाचाबी काट्ने र पार्टी कार्यालयमा केपीको पुत्ला (डमी) राखिएको घटना हुनजेल प्रहरी मूकदर्शक बनेको आरोप लगाउँदै डमी हटाउन र कार्यालयको चाबी उपलब्ध गराइदिन प्रशासनसँग माग गरेको बताए। उक्त घटनालगत्तै घिमिरेले फोनमार्फत उक्त घटनाको छानविन गर्नका लागि प्रहरीलाई भनेको र उक्त कार्यालयको तालाबन्दी खोली चाबी बुझाउन व्यवस्था मिलाउन प्रशासनलाई भनेको जानकारी गराए।

गत १८ गते माधव समूहले ओलीको डमी हटाएपछि ओली समूहका जिल्ला अध्यक्ष जितबहादुर घिमिरेले सोही दिन प्रेश विज्ञप्ति जारी गर्दै पार्टी कार्यालय तोडफोड तथा ओलीको डमी हटाएको विषयमा गम्भीर ध्यानाकर्षण गराएको थियो।

अध्यक्ष जितबहादुरद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत तोडफोड गर्नेलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याएर घटनास्थलको प्रकृतिको अनुसन्धान गरी आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि ध्यानाकर्षण भएको थियो। डमी हटाएको घटनापछि आइतबार प्रहरीले छानविनका लागि सर्जिमिन मुचुल्का तयार गरी छानविन सुरु गरेको छ।

१८ गते जितबहादुरले निकालेको विज्ञप्तिमा अध्यक्षको वैधतामा प्रश्‍न उठेपछि एमाले केन्द्रीय कार्यालयले २० गते सोमबार जिल्ला अध्यक्षमा जितबहादुर र सचिव नारायण कटुवाललाई मनोनयन गरेको पत्र संखुवासभालाई पठाएको छ। केन्द्रीय कार्यालयले वैशाख २० मा पठाएको पत्रको आधारमा आफूहरू वैधानिक अध्यक्ष रहेको जितबहादुरले बताएका छन्।

उता, जिल्ला कमिटीको आठौं अधिवेशनबाट निर्वाचित अध्यक्ष रहेको र हाल आएर ओलीले पार्टीको विधानविपरीत अन्य व्यक्तिलाई अध्यक्ष बनाएको प्रति हेमराजले आपत्ति जनाएका छन्।

माधव पक्षले हटाएको डमी ओली पक्षले फेरि राख्यो

पार्टी कार्यालयमा ओलीको डमी हटाउन पटक-पटक अनुरोध गर्दासमेत नहटाएपछि हामी आफैँले हटाएको पार्टी अध्यक्ष हेमराज घिमिरेले थाहा खसँग बताए। उनले भने, ‘हामीले हटाउन अनुरोध गरेको दुई महिना बित्दासमेत ओली पक्षले डमी नहटाएपछि हटाएका हौँ।‘

गत १८ गते माधव समूहले ओलीको डमी हटाएपछि ओली समूहका जिल्ला अध्यक्ष जितबहादुर घिमिरेले सोही दिन प्रेश विज्ञप्ती जारी गर्दै पार्टी कार्यालय तोडफोड तथा ओलीको डमी हटाएको विषयमा गम्भीर ध्यानाकर्षण गराएको भन्दै प्रेस विज्ञप्ति जारी गरेका थिए। 

जिल्ला तहमा विवाद सुरु गरेपछि जिल्ला पार्टी कार्यालय सञ्चालनमा आउन सकेको छैन। दुवै पक्षले जिल्ला कमिटी, भ्रातृ संगठन र स्थानीय तहसम्म समानान्तर कमिटी बनाइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.