|

काठमाडौं :  नेपाली क्रिकेट टिमका युवा ब्याट्सम्यान कुशल भुर्तेत आइसिसी ‘प्लेयर अफ द मन्थ’ को मनोनयनमा परेका छन्।

२४ वर्षीय कुशल अप्रिल महिनाको ‘प्लेयर अफ द मन्थ’ अवार्डका लागि मनोनयनमा परेका हुन्। कुशलसहित पाकिस्तानका कप्तान बाबर अजाम र पाकिस्तानकै फखर जमान यो मनोनयनमा परेका छन्।

हालै सम्पन्न मलेसिया र नेदरल्याण्ड्सबीचको त्रिकोणात्मक टी–२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि भुर्तेल आइसिसी ‘मेन्स प्लयेर अफ द मन्थ’ को मनोनयनमा परेका हुन्। उनको यो डेब्यू सिरिज हो।

सिरिजमा २४ वर्षीय युवा ब्याट्सम्यान कुशलले उत्कृष्ट प्रदर्शन गरे। उनले विभिन्न कीर्तिमान आफ्नो नाममा लेखाउन सफल पनि भए। उनले सिरिजमा चार अर्धशतक बनाए।

उनी विश्वकै पहिलो क्रिकेटर हुन्। जसले डेब्युपछि उनले लगातार तीन अर्धशतक बनाए। उनले डेब्यु सिरिजमै सर्वाधिक रन बनाए। उनले पाँच म्याचमा २ सय ७८ रन बनाए।

 सिरिजमा क्रमशः ६२, अविजित ६१, ६२, १६ र ७७ रनको उत्कृष्ट पारी खेल्दै नेपाललाई सिरिज जिताउन कुशलको भूमिका अहम् रह्यो। कुशललाई आइसिसी मेन्स प्लयेर अफ द मन्थको विजेता बनाउन समर्थकहरूले भोट गर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.