|

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५८ जनाको मृत्यु भएको छ । साढे ८ हजार बढी संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

२० हजार ७ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ६ सय ५ र ६ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जना गरी ८ हजार ६५९ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

२४ घण्टामा १ हजार ९ सय ९३ जना संक्रमणमुक्त भएका छन्। हाल कूल सक्रिय संक्रमितको संख्या ६६ हजार ३ सय ५२ रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ६१ हजार ५ सय ८८ जना होम आइसोलेसनमा छन् भने ४ हजार ७ सय ६४ जना संस्थागत आइसोलेसनमा छन् । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.