|

काठमाडौं : संघीय संसद सचिवालयले आगामी २७ गतेको प्रतिनिधिसभा बैठकको तयारी गर्दै सांसदलगायत बैठकमा आवश्यक सम्पूर्ण जनशक्तिहरुको कोभिड १९ संक्रमणको परिक्षणका लागि स्वाव संकलन कार्य सुरु गरेको छ।

स्वाब संकलनका लागि सचिवालयले बुधबार र बिहिबारका लागि तालिका नै सार्वजनिक गरेको छ। सार्वजनिक तालिकाअनुसार आज प्रतिनिधिसभाका सभामुख, सांसदहरु, महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारीहरुको, संघीय संसद सचिवालयका कर्मचारीहरु तथा सभामुखको निजी सचिवालयमा कार्यरत कर्मचारीहरुको स्वाब संकलत गरिएको छ।

​स्वाब संकलन नयाँ बानेश्वरस्थित संघीय संसदको सचिवालयको लोत्से हलमा स्वाब गरिएको हो। लोत्से हल पुगी सभामुख अग्नि सापकोटालगायत सांसदहरूले स्वाब दिएका छन्।

संघीय संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले बुधबार र विहिबार स्वाव संकलन गरिने र कसैको रिपोर्ट पोजेटिभ आएमा के कसरी कस्तो व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउने जानकारी दिए। प्रधानमन्त्रीले विश्वासको मत लिने विशेष बैठक भएकाले सो बैठकमा सबै सांसदहरुको उपस्थिति हुनुपर्ने र कुनै सांसदलाई कोभिड पोजेटिभ देखिएको अवस्थामा मतदानको व्यवस्था कसरी मिलाउने भन्ने कुरा टुंगो लगाउनुपर्ने हुन्छ।

प्रवक्ता पाण्डेका अनुसार, भोलि बिहीबार अन्तर्राष्ट्रिय सम्मेन केन्द्र नयाँ बानेश्वरमा कार्यरत कर्मचारीहरु, मर्यादापालकहरू, संसदीय मामिला पत्रकारहरु, स्वकीय सचिव लगायतका सबै कर्मचारीहरु, ट्राफिक, बम डिस्पोजल टोली, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीहरु तथा बैठक सञ्चालनका लागि विभिन्न भूमिकामा रहेका सबैको स्वाब परीक्षण गरिने छ।

सरकारले विश्वासको मत लिने प्रयोजनका लागि मात्रै वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाएको छ।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.