संखुवासभा : संखुवासभाको जिल्ला अदालत चैनपुरले बलात्कार गरेको कसुरमा एक युवकलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ।
शारिरिक अपांगता भएकी महिलालाई बलात्कार गरेको कसुरमा अदालत संखुवासभाले भोटखोला गाउँपालिका–४ का २५ वर्षीय लेवा भोटेलाई कैद सुनाएको हो।
जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको वैशाख २२ गतेको इजलासले कसुर ठहर गर्दै भोटेलाई आठ वर्ष कैद सजाय सुनाएको अदालतका श्रेस्तेदार डिल्ली प्रसाईले जानकारी दिए।
कैदसँगै २ लाख रुपैयाँ जरिवाना र २५ हजार रुपियाँ क्षतिपूर्ति भराउन र १३ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश भएको अदालतका श्रेस्तेदार प्रसाईले बताए।
बलात्कार गरेको आरोपमा गत माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।