|

धनकुटा : जिल्ला प्रशासन कार्यलय धनकुटाले बुधबार राती १२ बजेदेखि लागु हुनेगरी धनकुटा नगरपालिका क्षेत्रमा निषेध आदेश जारी गरेको छ।

धनकुटामा कोरोना संक्रमित संख्या बढेको भन्दै निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए। निषेध आदेश धनकुटा नगरपालिकाका १० वटा वडामा लागू हुनेछ।

धनकुटासँग सिमाना जोडिएका जिल्ला मोरङ र सुनसरीमा कोरोना संक्रमण बढीरहेको र पछिल्ला दिनहरूमा धनकुटामा पनि संक्रमणको दर बढिरहेकाले निषेध आदेश जारी गरिएको दाहालले बताए।

निषेध आदेश जारी भएपछि भेला मानिसहरू जम्मा भइ सामूहिक कार्य गर्न, आवतजावत गर्न र बजार पसल बन्द हुने उनले बताए। तर, अत्यावश्यक तथा दैनिक उपभोग्य सामग्रीहरूको पसल भने बिहान ६ देखि ९ बजेसम्म र साझ ४ देखि ६ बजेसम्म खुल्ला रहनेछ।

निषेध आदेशको समय अवधिभर धनकुटा नगरपालिका क्षेत्रबाट सार्वजानिक तथा भाडाका सवारी, निजी सवारी साधनहरू समेत सञ्चालन नहुने तथा कोशी राजमार्गमा अन्य ठाउँबाट आएका सवारीसाधन सञ्चालन हुने भएपनि धनकुटा नगरपालिका क्षेत्रमा यात्रु चढाउन र ओराल्न नपाइने दाहालको भनाइ छ।

निषेध आदेशको अवधिभर धनकुटा नगरपालिकामा रहेका सम्पूर्ण कार्यालयका अत्यावश्यक सेवा सीमित कर्मचारी मात्रै बसेर सञ्चालन हुने भएका छन्।

​यसअघि धनकुटा नगरपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि धनकुटा नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको थियो।

धनकुटा अस्पतालको पीसीआर परीक्षण ल्याबमा बुधबार गरिएको पीसीआर परीक्षणमा धनकुटाका ४३ मध्ये २० जना र संखुवासभाका ३६ मध्ये ३० जनामा कोरोना संक्रमित देखिएपछि जिल्ला संकट व्यवस्थापन समितिको बैठक बसेर निषेध आदेश जारी गरेको हो।

हाल जिल्लाभित्र ५० जना सक्रिय संक्रमित रहेका छन्।

जिल्ला प्रशासन कार्यालय धनकुटाले जारी गरेको निषेध आदेश :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.