|

जाजरकोट : भेरी नगरपालिका-४ की ४५ वर्षीया एक महिलाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। 

संक्रमण हुनासाथ होम आइसोलेशनमा बसेकी महिलालाई पछि बढी च्यापेपछि जाजरकोट अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालमा उपचार सम्भव नभएपछि अस्पतालले नेपालगञ्‍ज लैजान सिफारिस गरेको थियो। हिजो बेलुकी नेपालगञ्‍जतर्फ लैजाँदै गर्दा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका कोरोना स्रोत व्यक्ति कृष्णबहादुर खत्रीले जानकारी दिए।

मृतक महिलाको परिवारका अधिकांश सदस्यलाई समेत कोरोना संक्रमण भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.