|
प्रतिकात्मक तस्वीर

पाल्पा : रम्भागाउँपालिका–३ पीपलडाँडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्।

बुधबार बेलुकी भएको दुर्घटनामा मृत्यु हुनेमा बगनासकाली गाउँपालिका –६ यम्घाका २२ वर्षीय जीवन न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए। उनको घटनास्थलमै मृत्यु भएको हो।

कालिगण्डकी कोरीडोस्थित जिरो किमीबाट पीपलडाँडातर्फ ढुङ्गा लिएर आउँदै गरेको लु३त ६८९९ नम्बरको ट्याक्टर सडकभन्दा करिब सय मिटर तल झरेर बेलुकी दुर्घटना भएको हो।

घाइते हुनेमा रम्भा गाउँपालिका –३ पीपलडाँडाका ४० वर्षीय हरि बस्याल छन्। सामान्य अवस्था रहेको उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। चालक प्रहरी नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.