|

म्याग्दी : म्याग्दीको धौलागिरी हिमालको शिखर चुम्न उकालो लागेका स्वदेश तथा विदेशी आरोही प्रतिकूल मौसमका कारण बीच बाटोमै रोकिएका छन्।

बुधबारदेखि मौसममा अचानक मौसम खराब भएपछि सबै आरोही शिविरमा रोकिएपछि उद्धारका लागि आज बिहीबार हेलिकोप्टर परिचालन गरिएको छ। तर हेलिकोप्टर मौसम खराबीको कारण वेस क्याम्पसम्म पनि पुग्न सकेको छैन। आधार शिविर जाने बाटोमा पर्ने धौलागिरि गाउँपालिका ४ खिवाङको बारीमा अवतरण गरिएको छ।

दुई साता अगाडि धौलागिरि बेसक्याम्पमा पुगेका आरोहीहरूमध्ये केही बिरामी भएपछि हेलिकोप्टर लिन गए पनि खराब मौसमका कारण धौलागिरि गाउँपालिका–४ खिवाङ आसपासका क्षेत्रमा अवतरण गरिएको पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए। ‘आरोहण दलका केही सदस्य विरामी छन्,‘टोलीमा नेपाली आरोही पनि छन्’ शेरचनले भने।

विभिन्न देशबाट आरोहणका लागि आएका १० जना विदेशी फर्किने तयारीमा रहेको बताइए पनि आरोहण दलमा रहेका पत्रकार पूर्णिमा श्रेष्ठसहित तीन जना नेपाली आरोही फर्किने वा बेसक्याम्पमै बस्ने भन्ने बारेमा अझै जानकारी आएको छैन।

 यसैसाता धौलागिरि हिमालको शिखरमा पुग्ने लक्ष्यसहित गएको टोलीलाई खराम मौसम र आरोहीको स्वास्थ्यमा देखिएको खरावीले समस्या उत्पन्न भएको बताइएको छ। बिरामी आरोहीको अवस्था खतरामुक्त भए पनि आरोहण गर्न नसक्ने अवस्थामा रहेकाले टोली फर्किने बाध्य भएको आरोहण दलका सदस्यको भनाइ छ।

 केही दिन मौसममा सुधार हुने संकेत नदेखिएकाले आरोही तथा कम्पनीलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएपछि टोलीले फर्किने तयारी गरेको हो। जल तथा मौसम पुर्वानुमान शाखाबाट समेत मौसमका बारेमा जानकारी लिएपछि एजेन्सीले आरोहीलाई उद्धारका लागि हेलिकप्टर पठाएका थिए। 

 

                                                                           तस्वीर सौजन्य इन्द्रसिंह शेरचन

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.