|

काठमाडौं : कोरोना महामारीको मौका छोपेर रेमडिसिभिरको कालोबजारी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोरखाको आरुघाट घर भई काठमाडौं बस्ने रफिक मियालाई पक्राउ गरेको हो।

कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेमडिसिभिर रफिकले दीपक ढकालले महाराजगञ्ज टिचिङ अस्पताल अगाडि सञ्चालन गरेको सेवक फर्माबाट किनेर महँगोमा बेच्ने गरेको प्रहरीले जनाएको छ।

दीपक र रफिकले मिलेमतोमा कालोबजारी चलाएको महाशाखाका एसपी कृष्ण पंगेनीले बताए। २४ हजार भारु (नेपाली ३८ हजार चारसय)  पर्ने रेमडिसिभिरलाई रफिकले एक लाख २० हजार रुपैयाँमा बेच्ने गरेको एसपी पंगेनीले बताए। पक्राउ परेका रफिकबाट ६ सेट रेमडिसिभिर बरादम भएको छ।

६ सेट रेमडिसिभिरको २४ हजार भारु पर्ने जनाइएको छ। उनलाई बसुन्धाराबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ।

ढकाल भने फरार भएकोले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको पंगेनीले जानकारी दिए। 

पक्राउ परेकालाई कालोबजारी ऐन, संक्रामक रोग ऐन अन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.