|

कञ्चनपुर : कोरोना संक्रमणका कारण कञ्चनपुरमा आज आठ जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार कोरोना संक्रमित ३ महिला सहित ५ पुरुषको मृत्यु भएको छ।

भीमदत्त नगरपालिकाका ७४ वर्षीय पुरुष, ६५ वर्षीया महिला, ४५ वर्षीया महिला, ३५ वर्षीया महिला र  ७२ वर्षीय पुरुषको मृत्यु भएको हो। 

यसैगरी कोरोनाका कारण मृत्यु हुनेमा दोधाराचाँदनी नगरपालिका-१ चाँदनीका ३१ वर्षीय पुरुष, शुक्लाफाँटा नगरपालिका ११ का ३६ वर्षीय पुरुष छन्। 

कोरोनाका कारण आज सम्म कञ्चनपुरमा मृत्यु हुनेको संख्या ५६ रहेको छ। एकै दिन बिहीबार एक सय ६० जनामा कोरोनाको संक्रमण देखिएको छ। महाकाली अस्पतालका बेड कोरोनाका बिरामीले भरिभराउ भएको छ। महाकाली अस्पतालमा ५० बेडको आइसोलेसनमा हाल ६५ जना संक्रमित छन। ६ बेड आइसियु र १५ बेड एचडियुमा संक्रमितलाई राखिएको छ।

महेन्द्रनगरको आइसिच आइसोलेसनमा ४०, कोरोना अस्पताल पुनर्वासमा ५ र बेलौरी कोरोना अस्पतालमा ७ संक्रमित र बाँकी होम क्वारेन्टाइनमा छन्। आजै यहाँबाट ४६ जना कोरोना जितेर घर फर्किएका छन्।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले हालका दिनमा अक्सिजन अभाव नभए पनि जनशक्ति र बेड अभावका कारण उपचारमा समस्या भइरहेको बताए।

उनका अनुसार चिकित्सकसहित अस्पतालका २५ जना कर्मचारीमा कोरोना देखिएकाले समेत समस्या भइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.