|

काठमाडौं : कोरोना संक्रमणबाट बाँकेमा थप १० जनाको मृत्यु  भएको छ। 

बाँकेको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा गएरातिदेखि आज विहानसम्म १० जनाको ज्यान गएको बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन तेज वलीले जनाकारी दिए। 

मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय पुरुष, कैलालीकी ४८ वर्षीय महिला छन्।  आठ जना भने बाँके जिल्लाका रहेको वलीले बताए। मृत्यु हुनेमा  नेपालगञ्ज उपमहानगरपालिका-६ का ३४ वर्षका पुरुष, नेपालगञ्ज -१८ की ५६ वर्षीया महिला, नेपालगञ्ज कै ५२ वर्षीय पुरुष, ६० वर्षकी महिला ५४ वर्षीया महिला र ५४ वर्षकै पुरुष छन्। त्यस्तै २७ वर्षकी महिला र ६१ वर्षका पुरुष संक्रमणबाट ज्यान गएको छ। 

यो सँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६९ पुगेको छ।  बाँकेमा बाहिरी जिल्लाबाट उपचारमा आएका १३० जनाको मृत्यु भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.