|

नवलपरासी : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का दुई स्थानीय तहले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छन्। गैँडाकोट नगरपालिका र कावासोती नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका हुन्। 

गैँडाकोट नगरपालिकाले कोभिड–१९ का बिरामी र गर्भवतीलाई लक्ष्य गरी तथा कावासोती नगरपालिकाले कोभिड–१९ का संक्रमितलाई लक्षित गरी निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको बताएका छन्। गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले नगरभित्रका कोरोना संक्रमित र गर्भवतीलाई उपचारका लागि समयमा नै अस्पताल पु¥याउन तीनवटा एम्बुलेन्स सञ्चालनमा ल्याइएको जानकारी दिए। पौडेलले नगरभित्रका कोरोना संक्रमित बिरामीका लागि दुई र गर्भवतीका लागि एक एम्बुलेन्स निःशुल्करूपमा सञ्चालन गर्ने गरी तयारी अवस्थामा राखेको बताए। 

नगरपालिकामा राखिएको एम्बुलेन्स किसान सहकारी संस्थाको हो भने अमरापुरीमा यसअघिकै एम्बुलेन्सले सेवा दिने नगरप्रमुख पौडेलले बताए। किसान सहकारीको एम्बुलेन्स नगरपालिकाले भाडामा लिएर जनताको सेवाका लागि तयारी अवस्थामा राखेको हो। 

नगरपालिकामा विभिन्न संघसंस्थासहित सातवटा एम्बुलेन्स रहेको भए पनि संक्रमितको उपचारका लागि समयमै सेवा पाउन कठिन हुने सम्भावनालाई ध्यानमा राखी निःशुल्क एम्बुलेन्स सञ्चालन गरिएको पौडेलले बताए। एम्बुलेन्स आवश्यक पर्ने संक्रमितले सिधै नगरपालिकाको स्वास्थ्य शाखा, स्थानीय जनप्रतिनिधि वा स्वास्थ्य संस्थामा सम्पर्क गर्न सक्ने पौडेलले बताए। 

कोभिड संक्रमण भएका बिरामीलाई अस्पताल पु¥याउन नगरपालिकामा रहेको एम्बुलेन्सलाई खबर गर्न ९८५५०५६५५९ तथा अमरापुरीमा रहेको एम्बुलेन्सलाई खबर गर्न ९८६३२७२७२४ र गर्भवतीका लागि एम्बुलेन्स आवश्यक परेमा पितौजीको बर्थिङ सेन्टरमा ९८५५०६४३८८ मा सम्पर्क गर्नसमेत पौडेलले आग्रह गरे।

त्यसैगरी कावासोती नगरपालिकाले समेत कोभिड–१९ का संक्रमित बिरामीका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ। नगरभित्रका संक्रमित कसैलाई समस्या परेमा नगरपालिकाले व्यवस्थापन गरेको एम्बुलेन्सका चालकको मोबाइल नम्बर ९८४७०७४६३४ मा सम्पर्क गर्न सकिने नगरउपप्रमुख प्रेम शङ्कर मर्दनियाले बताए। नगरपालिकाले कोभिड–१९ संक्रमितको हेरचाह, स्वास्थ्य परामर्श र उपचारका लागि २० स्वास्थ्यकर्मी सहितको टोली परिचालन गरिएको मर्दनियाले बताए। 

अक्सिजनसहितको आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने बिरामीका लागि मध्यविन्दु जिल्ला अस्पतालसँग समन्वय गरिएको मर्दनियाको भनाइ छ। डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा कोरोना संक्रमितको लागि २८ शय्याको आइसोलेसन केन्द्र तयारी अवस्थामा राखिएको अस्पतालका सूचना अधिकारी छबिलाल सुवेदीले बताए। आजसम्म पुग्ने गरी बिरामीका लागि आवश्यक पर्ने अक्सिजन सिलिण्डर मौज्दात रहेको भन्दै सुवेदीले थप अक्सिजनका लागि तयारी भइरहेको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.